Media Network

सिद्धार्थका ग्राहकलाई कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा छुट


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेड र नेपालगंज स्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेट बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक श्री कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्गमार्पmत होटल बसाई तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत प्रदान गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद