Media Network

साउन पहिलो सातादेखि बंगलादेशमा विद्युत निर्यात, छिट्टै त्रिपक्षीय सम्झौता हुने


खबरस्टोरी संवाददाता

१७ असार २०८०,आईतवार

काठमाडौं । नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न तयारी थालेको छ । नेपाल र बंगलादेश बीच आगामी साउनको पहिलो साताबाट विद्युत व्यापार सुरु गर्ने तयारी गरिएको हो । यसका लागि नेपाल, भारत र बंगलादेशबीच हुने त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अब एक÷दुई हप्ता भित्रै त्रिपक्षीय सम्झौता गरेर आगामी साउनदेखि बंगलादेशमा नेपाली विद्युत निर्यातको तयारी थालेको छ ।

नेपाली विद्युत बंगलादशेमा पुर्याउन भारतको प्रसारण लाइन प्रयोग गनूपर्छ, त्यसको लागि भारतले सहमती दिइसकेको छ । अब छिट्टै महशुल दर, प्रसारण लाइनको भाडादर लगायतका बिषयमा त्रिपक्षीय सम्झौता हुदैछ ।

गत जेठ २ र ३ गते बंगलादेशमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा बैठकमा द्धिपक्षीय विद्युत व्यापार सुरु गर्ने सहमती भएको थियो । तत्काललाई भारतीय प्रसारण लाइन प्रयोग गरेर ४० मेगावाट विद्युत बंगलादेश पुर्याउने सहमती थियो । त्यसका लागि नेपाल विद्युत प्राधिरकण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो ।

सम्भवत अब छिट्टै त्रिपक्षीय सहमती हुने र साउनदेखि विद्युत निर्यात गर्न सुरु गरिनेछ ।

यसमा सबैभन्दा पहिले गत भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा सचिव स्तरीय बैठकमा बंगलादेशले गत कात्तिक भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत किन्ने सहमती गरेको थियो ।

प्राधिकरणले मध्यकालिन पीपीए (५ बर्ष अवधीको) गरेर भारतमा यसैबर्षदेखि २०० मेगावाट विद्युत बिक्री गर्ने तयारी पनि गरेको छ । अहिले प्राधिरकणले दैनिक बोलकवाले गरेर भारतको इनर्जी एक्सचेजन्ज मार्केटमा विद्युत बिक्री गर्दै आएको छ । अब भने निश्चित महशुलदरमा भारतीय बजारमा ५ बर्षको लागि विद्युत बिक्री गर्न लागिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद