Media Network

सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

६ भाद्र २०८०,बुधबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो ।                                  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ रहेको छ ।                    

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।      

Share:
Reaction :
ताजा समाचार
खेलकुद