Media Network

सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार   हिजो बुधबारको तुलनामा आज सुन प्रतितोला १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

 आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद