Media Network

७ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद