Media Network

२८ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौँ।बिहीबार सूनको मूल्यमा वृद्धि भएको छ । चार दिनमा प्रतितोला २८ सयले घटेको सुनको भाउ एकैदिन २८ सय रुपैयाँले नै वृद्धि भएको हो ।

आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको थियोे । यस्तै मंगलबार ७०० रुपैयाँले घटेको सुनको भाउ बुधबार ३०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छाापवाला सुनको भाउ १ लाख १६ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको भाउ १ लाख १५ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद