Media Network

३ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८०,शुक्रबार

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ रहेकोमा आज ३०० रुपैयाँले बढ्दै १ लाख १९ हजार १०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५५० रुपैयाँ कायम भएको छ । बिहीबार यो गुणस्तरको सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४७० रुपैयाँ पुगेको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद