Media Network

८ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।                        
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                               

Share:
Reaction :
ताजा समाचार
खेलकुद