Media Network

६ सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौँ।मंगलबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ५०० रुपैयाँ तोकिएको छ ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । सोमबार तेजावी सुनको भाउ १ लाख १९ हजार ३५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद