Media Network

३ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी महासंघले लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यस्तै, आज ३०० रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद