Media Network

सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

३ भाद्र २०८०,आईतवार

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद