Media Network

५ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१३ कार्तिक २०८०,सोमबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, ५ रुपैयाँ प्रतितोला मूल्य घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद