Media Network

१३ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौँ।सनुको कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको सुन आइतबार घटेर प्रतितोला १ लाख १७ हजार ५०० रपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद