Media Network

७ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२३ पुष २०८०,सोमबार

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद