Media Network

२ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौँ । आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद