Media Network

सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौँ।नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार थप मूल्य १ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँका कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद