Media Network

२ सय रुपैयाँले सुन बढ्यो


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद