Media Network

५ सयले रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद