Media Network

सेयर बजार राताम्मै,१३ दशमलव ६८ अंकले घट्यो


खबरस्टोरी संवाददाता

१३ बैशाख २०८०,बुधबार

काठमाडौं।सेयर बजार परिसुचक (नेप्से) राताम्मै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार १३ दशमलव ६८ अंकले घटेर एक हजार आठ सय ९२ अंकमा खुम्चिएको छ । सेन्सिटिभ पनि दुई दशमलव ११ अंकले घटेर तीन सय ६१ दशमलव ५५ अंकमा खुम्चिएको छ ।  

नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २३ हजार चार सय २९ पटकको कारोबारमा २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ८४ करोड ७० लाख २८ हजार दुई सय १९ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त सहितका सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाईनान्स आदिको सेयर मुल्य बढेका छन् भने सनराईज ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, बलेफी हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य घटेका छन् । शिवम सिमेन्ट, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद