Media Network

सेयर बजारमा ५ अंकले घट्दा एक अर्ब ६४ करोडको कारोबार


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं। लगातार बढेको नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार पाँच दशमलव ८७ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले घटेर तीन सय ९१ दशमलव ६४ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको २७ हजार पाँच सय २२ पटकको कारोबारमा ३९ लाख आठ हजार तीन सय ९५ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड २६ लाख ४८ हजार पाँच सय ८७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक र अन्य समुहको सुचक बढेपनि बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सुचक घटेका छन् । 

यसैगरी आज सेन्ट्रल फाईनान्स, जनसेवी लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक आदिले कमाएका छन् भने आईसीएफसी फाईनान्सको ऋणपत्र, कालिका पावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेडले आदिले गुमाएका छन् । शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल एसबिआई बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद