Media Network

सेयर बजारमा निकै उतार चढाब, आधा घन्टामा डेढ अर्बको कारोबार


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । सोमबार पनि सेयर कारोबार निकै रोचक बनेको छ ।कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाब देखिन थालेको छ । कारोबार रकम भने ह्वात्तै बढेको छ । कारोबार सुरु भएको आधा घन्टामा बजार ६.२६ अंकले घट्दा परिसूचक १९५७.७१ बिन्दुमा रहेको छ ।

११ : ४० सम्म २७१ कम्पनीको ४६ लाख ५ हजार ६६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारमा बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद