Media Network

सेयर कर्जामा हेरफेर


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा हेरफेर गरेको छ । सेयर धितो कर्जामा ४ को व्यवस्था हटाएर १२ मात्रै कायम भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा गरिएको ४÷१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताएका छन् । यसले १२ करोड कर्जाको लागी ३ ओटा बैंकमा धाउनुपर्र्नेे झन्झट हटेको छ ।

सेयर धितो राखी एउटा बैंकबाट अधिकतम १२ करोड वा समग्र संस्थाबाट लिन पाइने व्यवस्था गरेको छ । यसअघि एउटा वा समग्र संस्थाबाट ४ देखी १२ करोडसम्म लिन पाइने व्यवस्था थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद