Media Network

शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”


खबरस्टोरी संवाददाता

१६ भाद्र २०८०,शनिबार

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत दुई जना मोबाइल बैंकिङका प्रयोगकर्ताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। अफरमा सहभागी हुनको लागि बैंकको एपबाट कनेक्ट आईपीएस छनोट गरी ‘फन्ड ट्रान्सफर’ गर्नुपर्ने हुन्छ।भदौ १५ गते सुरु भएको योजना असोज १४ गतेसम्म लागू हुनेछ। यो अवधि सकिएपछि विजेता छनोट हुने बैंकले जनाएको छ।

हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् र बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद