Media Network

शुक्रबार मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७९/०८० को लागि मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेको छ ।  

चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार सार्वजनिक गर्ने जनाइएको छ । हाल देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकले एक दरिलो मौद्रिक नीति ल्याउनु पर्ने छ ।

अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी रहेको स्रोतले बताएको छ । केही महिना यता खुम्चिएको शेयर बजार सम्बन्धी पनि मौद्रिक नितिमा आवश्यक कुरा समेट्नु पर्ने छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद