Media Network

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार (भोलि) बिहान विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद