Media Network

शिवम सिमेन्टको नाफामा ५१.१५ प्रतिशतले गिरावट


खबरस्टोरी संवाददाता

२९ बैशाख २०८०,शुक्रबार

काठमाडौं । निर्माण क्षेत्रको व्यापार सुस्ताएपछि शिवम सिमेन्टको नाफा ५१.१५ प्रतिशतले घटेको छ ।सरकारले निर्माण क्षेत्रको बृद्धि दर ऋणात्मक रहेको तथ्यांक सार्वजनिक गरिरहँदा शिवम् सिमेन्टले चालु आर्थिक बर्षको चैतसम्म ३१ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन पोहोर ६५ करोड ४८ लाख रुपैयाँ थियो । यो भनेको ५१.१५ प्रतिशतको गिरावट हो ।

अत्याधिक प्रतिश्पर्धासँगै सरकारले निर्माण परियोजनामा पर्याप्त बजेट परिचालन नगर्दा समस्या आएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष ७ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको शिवमले यसपाली ५ अर्ब ४५ करोड रुपैयाँको व्यापार मात्रै गर्यो । यस बाहेक होङ्शी शिवमले दिएको लाभांशबाट ३४ करोड रुपैयाँ आम्दनी गरेको छ ।

कम्पनीका अनुसार विद्युत कटौतीले पनि ब्यवसाय खुम्चिएको छ। यसको विकल्पमा इन्धन जेनेरेटर चलाउँदा लागत अत्याधिक बढ्न गएको कम्पनीले उल्लेख गरेको छ ।तर कम्पनीको खर्च अघिल्लो वर्ष भन्दा कम छ । बिक्री लागत साढे १८ प्रतिशतले घटेर ४ अर्ब ३५ करोड रुपैयाँमा सिमित छ । सँगै प्रशासनिक खर्चमा पनि गिरावट देखिन्छ ।

ब्याज भुक्तानी भने ७ करोड २४ लाख रुपैयाँ नाघेको हो। अघिल्लो वर्ष ४ करोड ५४ लाख रुपैयाँ मात्रै थियो। चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ पुगेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद