Media Network

शिवम् सिमेन्ट्स लिमिटेडले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी पुस २७ गते हुन गईरहेको वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । 

कम्पनीले आगामी पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

कम्पनीले वार्षिक साधारण सभाको मिति र स्थान यसअघि नै तय गरिसकेको छ । 

कम्पनीको सभा आगामी पुस २७ गते शुक्रबारका दिन काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा आयोजन हुन गईरहेको छ । 

कम्पनीमा कायम सेयरधनीहरुलाई २०७९÷८० को मुनाफा रकमबाट चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ.ब. २०७९÷८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसहितको लेखापरीक्षण सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद