Media Network

शिवम् सिमेन्टसको खुद नाफा ५६ प्रतिशतले घट्यो


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्टको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा घटेको छ । अघिल्लो वर्ष ६९ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा गत वर्ष ३० करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।

अघिल्लो वर्ष ९ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ७ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो । अन्य आम्दानी समेत अघिल्लो वर्षभन्दा गत वर्ष ६८ दशमलव ६६ प्रतिशत कम ३६ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव ३० प्रतिशत कम ४ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ २३ पैसा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद