Media Network

शेयर बजारमा अप्रत्यासिलो उछाल, झण्डै सय अंकले बढ्यो नेप्से


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७९,बुधबार

काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा अप्रत्यासिलो उछाल आएको छ । आज नेप्से झण्डै एक सय अंकले बढ्दा लगानीकर्तामा आशा पलाएको छ ।

देशमा लगानीको वातावरण नभएको भन्दै चौतर्फी निराशा छाइरहेको बेला हिजो नेपाल राष्ट्र बैंकले चालु आवको फागुन महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दै अब देशको अवस्था तथ्याङ्कको आधारमा सही दिशातर्फ अगाडि बढेको र जनताले राहत महसुस गर्दै जाने जानकारी दिएको थियो । त्यसको भोलिपल्ट आज विहानै बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर एक रुपैयाँले घटाएर सिंगल अंकमा झार्ने निर्णय गरेको थियो ।

समग्र निर्णयको प्रभाव शेयर बजारमा पर्दा आज शेयर कारोबारमा उछाल आएको छ । आज एकै दिन ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको छ । आज कूल एक अर्ब ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह छ प्रतिशतले बृद्धि भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद