Media Network

शेयर बजारमा १५ दशमलव ४० अंकको गिरावट


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं। साताको शेयर कारोबारको दोस्रो दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो पहिलो दिन १११ अंकले बढेको शेयर बजार आज फेरी ओरालो लागेको छ । आज शेयर बजार १५ अंककले ओरालो लागेको हो । आज १५ दशमलव ४० अंकले ओरालो लागेको शेयर बजार १९४८ दशमलव ५७ विन्दुमा पुगेको छ ।
सोमबार ३०३ कम्पनीका १ कारोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको कारोबार भएको छ । लामो समयपछि कारोबार रकम बढेर ४ अर्ब पुगेको हो ।
त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज ४ दशमलव ३३ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३६९ दशमलव ४१ विन्दुमा पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद