Media Network

टीएमएस खोल्नेको संख्या १९ लाख नाघ्यो


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौं । दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोल्नेको संख्या १९ लाख २ हजार ४७७ पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबारसम्म ब्रोकर कार्यालयहरुमार्फत सो संख्याले टीएमएसको युजरनेम र पासवर्ड लिएका छन् । २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो ।
हाल दैनिक ७० देखि ७५ हजारले टीएमएस ‘लगइन’ गर्ने गरेको स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।  धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो । टीएमएसबाट लगानीकर्ताले खरिद तथा विक्री आदेश प्रविष्ट गर्न सक्छन् ।
टीएमएसमा आवद्ध हुनका लागि पहिले ब्रोकर कार्यालयमा गई खाता खोल्नुपर्छ । लगानीकर्ताले सेयर ब्रोकर मार्फत टिएमएसको युजरनेम र वासवर्ड लिएपछि मात्रै दोस्रो बजारमा सजिलै विभिन्न धितोपत्रहरु किन्न वा बेच्न सकिन्छ । आईपीओ परेपछि सो बिक्रीका लागि पनि टीएमएसको युजरनेम र पासवर्ड लिएर लगइन गरी सो प्रणालीमार्फत मात्रै बिक्री गर्न पाइन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद