Media Network

“तिजको रमझम, आई पे रेमिट को तिज गीतमा नाचौँ छमछम”


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ। हिन्दु नारीको महानपर्व ‘हरितालिका तिज’ लाई लक्षित गरी अई पे रेमिट प्रा.लि.ले  “तिजको रमझम, आई पे रेमिट को गीतमा टिक टक बनाई नाचौँ छमछम” विशेष योजना सार्वजनिक गरेको छ । यस योजना भदौ १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । 

यो योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप पाँच सय रुपैंयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रुपैंयाँ र बम्पर पुरस्कारमा एक जना भाग्यशाली विजेताले २० हजार रुपैंयाँ प्राप्त गर्नुहुनेछ । यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगायत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरी योजनालाई सफल बनाइ दिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गरेको छ । 

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजार भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने छ । साथै नेपालको जुन सुकै बैंक तथा वित्तिय संस्थामा रियल टाईम एकाउन्ट डिपोजिट र इ वालेटमा रियलटाईम टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद