Media Network

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजनाको सम्झौता


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०८०,बिहीबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतसम्बन्धी दुईवटा सम्झौता भएका छन् । भारत भ्रमणको दोस्रो दिनको अवसरमा नेपाल र भारतीय प्रतिनिधिमण्डलले उक्त सम्झौता गरेका हुन् ।

सम्झौतामा तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ । भारत भ्रमण जानुभन्दा अघिल्लो दिन बसेको लगानी बोर्डको बैठकले यो आयोजना निर्माणका लागि भारतसँग पीडीए गर्ने निर्णय गरेको थियो । सोहीअनुसार ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजना बनाउन भारतीय पक्षसँग सम्झौता भएको हो । हाल भारतीय लगानीकर्ताको मूख्य लगानीमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगती करिब ६५ प्रतिशत छ ।

यसपछि, आजै भारतीय पक्ष र नेपाली पक्षबीच फुकोट कर्णाली जलविद्युत आयोजनाको द्वीपक्षीय सम्झौता भएको छ । ४८० मेगावाट क्षमताको आयोजना विकासका लागि भारतीय पक्ष राजी भएसँगै यससम्बन्धी सम्झौता भएको बताइएको छ । तर, यसपटकको भारत भ्रमणका क्रममा नेपालले भारत सामु मूख्य ५ विषय राखेको थियो ।

यीमध्ये नेपाली बिजुलीका लागि भारतीय बजारमा दिर्घकालिन पहुँच खोजिएको थियो । यो सम्झौता भने भएको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद