Media Network

तीन अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं।लगातार बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने घटेको छ । नेप्से आज  तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले घटेर तीन सय ९४ दशमलव ६२ अंकमा खुुम्चिएको छ । नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ५३ हजार तीन सय १४ पटकको कारोबारमा ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएका छन । सो अनुसार आज कुल तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैंयाँको सेयर कारोबार भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको हुंदा होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ समुहको सुचक बढेर रातो भएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जिवन बीमा सहितका नौं वटा समुहहरुको सुचक घटेर रातो भएको छ ।  

आज स्वेत गंगा हाईड्रो पावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने वीन लघुवित्त वित्तीय संस्था, बोटर्लस नेपाल तराई लिमिटेड, आरबीबी म्युचुअल फण्ड आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल पुर्नबीमा कम्पनी, नबिल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद