Media Network

तीन कम्पनीको बोनस शेयर सूचीकृत


खबरस्टोरी संवाददाता

१३ बैशाख २०८०,बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको बोनस शेयर मंगलवार सूचीकृत भएको छ । नेप्सेले नेपाल हाइड्रो डेभलोपर लिमिटेड, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १ लाख ५९ हजार ९६५ कित्ता, सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि यो बोनस शेयरको कारोबार गर्न सकिनेछ । नेपाल हाइड्रो डेभलोपरले पुस २९ गते सम्पन्नवार्षिक साधारण सभाबाटपारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद