Media Network

तीन सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२७ मंसिर २०८०,बुधबार

काठमाडौं ।  बजारमा सुनको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो ।       
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँ रहेको छ ।                       
त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद