Media Network

तीन वर्षपछि खुल्यो रसुवागढी नाका, ६ वटा कन्टेनर नेपाल भित्रिए


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ । कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो ।

हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीतीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको छ।बिगत तीन बर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा मंगलबारदेखि निर्यात समेत सुरु भएको हो ।

यसअघि नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएको थियो ।

चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद