Media Network

तारागाउँ रिजेन्सीको खुद नाफा दोब्बर , ३८ करोड २६ लाख नाध्यो


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौँ।तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफा दोब्बर भएको छ । अघिल्लो आवको तुलनामा पर्यटकीय गतिविधिहरुमा आएको सुधारले होटलको समग्र व्यवसायसँगै खुद नाफामा समेत त्यसको सकारात्मक असर परेको हो ।

तारागाउँले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १००.८० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा १९ करोड ५ लाख ५७ हजार रुपैयाँ थियो ।

विवरण अनुसार कम्पनीको कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ३८ करोड ३२ लाख १८ हजार रुपैयाँ छ । अघिल्लो आवमा ६९ करोड २६ लाख २३ रहेकोमा ९९.७१ प्रतिशत बढेको हो । यस्तै होटलको अन्य आम्दानी १९.७२ प्रतिशत बढेर १८ करोड ७० लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

होटलको कुल आम्दानी ८४.९८ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ८४ करोड ८८ लाख ७१ हजार रुपैयाँ थियो । शतप्रतिशत नाफा बढसँगै होटलको प्रति सेयर आम्दानी २० रुपैयाँ २८ पैसा पुगेको छ। अघिल्लो आवमा १० रुपैयाँ १० पैसा रहेकोमा १० रुपैयाँ १८ पैसा बढेको हो । असारसम्म होटलको प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात ३८.९७ गुणा छ ।

चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ सञ्चित छ । पुँजी स्थिर रहेको होटलको जगेडा कोष ५१.५६ प्रतिशतले वृद्धि भएको हो ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २०७९ फागुन ३ गते सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाले सभाले करसहित ८. ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले काठमाण्डौंको बौद्धमा १५० रोपनीमा ‘होटल हायात’ सञ्चालनमा रहेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित कम्पनीको पाँचतारे ‘होटल हायात’ काठमाडौंको बौद्धमा सञ्चालनमा गर्दै आइरहेको छ । उक्त होटलमा ३०० कोठा सञ्चालित छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद