Media Network

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहिबार प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचीकृत भएको हो ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, प्रभु लाइफको १९ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ९.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद