Media Network

दुई महिनामा अमेरिकाको तीन बैंक टाट पल्टिए,पैसा डुब्ने चिन्तामा निक्षेपकर्ता


खबरस्टोरी संवाददाता

२२ बैशाख २०८०,शुक्रबार

काठमाडौँ। अमेरिकामा दुई महिनाको अवधिमा तीन बैंक टाट पल्टिएका छन् । प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक टाट पल्टिएको दुई महिनामै रिपब्लिक बैंक पनि टाट पल्टिएका छ।

रिपब्लिक बैंकसँग अन्य बैंकको  तुलनामा धनाढ्य कारोबार बढी हुने गरेको थियो। बैंकको ऋण चुक्तामा समस्या कमैमत्रामा देखापर्ने गरेको थियो।

अमेरिकामा बैंकको निक्षेप भने संघीय निक्षेप निगमले तोकेको सीमाभन्दा ज्यादा नै देखिने गरेको थियो। निगमले २ लाख ५० हजार डलरको सीमा तोके पनि निक्षेपकर्तासँग त्यस सीमाभन्दा बढी रकम संकलन गरेको थियो । सीमाभन्दा माथिका रकम बिमीत रकम थिएनन् ।

बैंक टाट पल्टिएसँगै अब पैसा डुब्ने चिन्ता निक्षेपकर्ताहरूमा छ । उनीहरूले निगमको सीमाभन्दा बढी रकम राखेको स्थितिमा सबै रकम फिर्ता पाउने संभावना कमै हुन्छ । यद्यपि निक्षेप बिमा निगमका अनुसार रिपब्लिक बैंक टाट पल्टिएपनि निक्षेपकर्ताहरूले आफ्नो रकम भने प्राप्त गर्नेछन् ।

प्रविधि कम्पनीमा लगानी गर्दै आएका सिलिकन भ्याली र सिग्नेचर बैंकले पनि गत मार्चमा यस्तै स्थिति व्यहोरेका थिए ।

रिपब्लिक बैंकका सम्पूर्ण सम्पत्ति जेपी मोर्गन कर्पोरेशनले लिएको छ । यस कम्पनी बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । अब रिपब्लिक बैंकको ग्राहक अब जेपी मोर्गन कर्पोरेशनको हुनेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद