Media Network

दुई दशमलव ३३ अंकले बढ्दा एक अर्ब एक करोडको कारोबार


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौं।साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज पुन दुई दशमलव ३३ अंकले बढेर एक हजार नौं सय ९५ दशमलव ३४ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले बढेर तीन सय ८८ दशमलव ९५ अंकमा चढ्न सफल भएको छ । आज नेप्सेमा दुई सय सय २६ वटा कम्पनीहरुको २० हजार आठ सय ५८ पटकको कारोबारमा २९ लाख १४ हजार पाँच सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम एक अर्ब एक करोड ९५ लाख १६ हजार छ सय ९६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र होटल तथा पर्यटन समेत गरी सात वटा समुहहरुको सुचक घटेपनि बिकास बैंक, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका छ वटा समुहहरुको सुचक भने बढेका छन् । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्येमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, नबिल व्यालेन्स फण्ड ३, गुराँस लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने वीन लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलबिद्युत कम्पनी आदिले गुमाएका छन् । नेपाल टेलिकम, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, हिमाल दोलखा हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद