...">
Media Network

नेप्सेमा २ अंकको वृद्धि, १ अर्ब ५२ करोडको कारोबार


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौँ । नेप्से आज पनि बढी बढेको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले बढेको नेप्से आज बुधबार पनि दुई दशमलव ८६ अंकले बढेर दुई हजार ५७ दशमलव ८४ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव छ अंकले बढेर तीन सय ९८ दशमलव २९ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको ३३ हजार छ सय ५७ पटकको कारोबारमा ३६ लाख ७८ हजार सात सय पाँच कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार दुई सय १८ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र लगानी सहितका सात वटा समुहहरुको सुुचक बढेकोमा निर्जिवन बीमा, फाईनान्स, टे«डिङ, उत्पादमुलक, अन्य र सामुहिक लगानी कोष सहितका छ वटा समुहको सुचक भने घटेका छन् । 

आज कारोबार भएका कुल कम्पनीहरु मध्ये मन्दाकिनी हाईड्रो पावर कम्पनी, अपरहेवा खोला हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिले कमाएका छन् भने सिद्धार्थ इक्विटी फण्ड, रुरु जलबिद्युत परियोजना लिमिटेड, कुमारी इक्विटी फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । अरुण कावेली पावर लिमिटेड, अपी पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद