Media Network

थप पाँच कम्पनीले पाए नयाँ ब्रोकर लाईसेन्स


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौँ।नेपाल धितोपत्र बोर्डले थप पाँच वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायी ( नयाँ ब्रोकर) को इजाजतपत्र दिएको छ । बोर्डको साउन ३२ गते बिहीबार बसेको सञ्चालक समितिले पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।

नयाँ ब्रोकर लाइसेन्स पाउनेहरुमा पाँचमध्ये दुईले पूर्ण कार्य गर्ने तथा तीन वटाले सीमित सीमित कार्य गर्ने इजाजत पाएका हुन् । हिमालयन सेक्यूरिटिज नक्साल र सनी सेक्यूरिटिज नक्सालले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । यस्तै सजिलो ब्रोकर लिमिटेडललितपुर, रोडसो सेक्यूरिटिज सुन्धारा, बेनी सेक्यूरिटिज प्रालि बानेश्वरलाई सीमित कार्य गर्ने इजाजत दिइएको इजाजत दिइएको धितोपत्र बोर्डको प्रवक्ता मुक्तिनात श्रेष्ठले जानकारी दिए ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएकामध्ये थप पाँच कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

थप पाँच कम्पनीले इजाजत पाएसँगै धितोपत्र बोर्डबाट हालसम्म नयाँ ब्रोकरको संख्या ३७ वटा पुगेको पुगेको छ । बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्य ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । यसअघि चरणवद्ध रुपमा बोर्डले ३२ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेको हो । अब ६ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद