Media Network

देशका मुख्य १६ वटा हाइड्रोपावरहरुको अवस्था कस्तो ?


खबरस्टोरी संवाददाता

२७ श्रावण २०८०,शनिबार

काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । यस अवधिसम्म आइपुग्दा यिनीहरुले ४ अर्ब ५८ लाख ४७ हजार रुपैयाँको विद्युत बिक्री गरेर १ अर्ब २१ करोड ३८ लाख बराबरको नाफा आर्जन गरेका छन् । 

सबैभन्दा धेरै सानिमा माईले ४० करोड ७२ लाख २१ हजारको नाफा कमाएको छ । त्यस्तै, माउण्टेन इनर्जीले ४० करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।  ६ वटा कम्पनीको भने खुद नाफा ऋणात्मक देखिएको छ । यता, समग्रमा हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी बढेर १८ अर्ब ६३ करोड ६० लाख ७५ हजार रुपैयाँ पुगेको छ । यसमध्ये सबै भन्दा धेरै चुक्ता पुँजी बुटवल पावर लिमिटेडको रहेको छ । यसको ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । त्यस्तै, सानिमा माईको ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

सबै भन्दा कम दिव्यश्वरी हाइड्रोपावरको २६ करोड ४० लाख बराबरको पुँजी रहेको छ । समग्रमा १६ वटा हाइड्रोपावर कम्पनीहरुको जगेडा कोषको आकार ५ अर्ब २१ करोड २७ लाख रुपैयाँ रहेको छ । यसमध्ये सबै भन्दा धेरै बुटवल पावरको ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको जगेडा कोष देखिएको छ ।सेयर बजार विश्लेषण गर्ने सफ्टवेर स्मार्ट वेल्थ प्रोको तथ्यांक अनुसार सानिमा माई र माउण्टेन इनर्जीको रिजर्भ एन्ड सरप्लसमा क्रमशः १ अर्ब २९ करोड ५० लाख र १ अर्ब २० करोड ५९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, माउण्टेन इनर्जीले सबै भन्दा धेरै १ अर्ब २१ करोड ७९ लाख बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ । यता, बुटवल पावरले ७२ करोड ४४ लाख र सानिमा माईले ७६ करोड ३५ लाखको विद्युत बिक्री गरेको छ । प्रतिसेयर आम्दानी पनि माउण्टेन इनर्जीको सबै भन्दा धेरै छ । यसको इपीएस २० रुपैयाँ ६३ पैसा रहेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद