Media Network

१६ दशमलव ९३ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं।साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन १८ अंकले घटेको नेप्से आज पुन १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा खुम्चिएको छ । 

आज दुई सय १३ वटा कम्पनीहरुको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएका छन् ।  सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा जीवन बीमा सुचक बढेर बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, टे«डिङ, होटल तथा पर्यटन, सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

यसैगरी आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, अपरहेवा खोला हाईड्रो पावर कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड आदिले कमाएका छन् भने वीन लघुवित्त वित्तीय संस्था, लिर्वर्टी इर्नर्जी कम्पनी, एनआईसी एशिया सुलभ फण्ड आदिले गुमाएका छन् । हिमाल दोलखा हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद