Media Network

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ ।लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियोे ।


उक्त आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले २ करोड ४ लाख ७५ हजार ९८० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार २८६ आवेदन अस्वीकृत भएको छ । यस्तै १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ


Share:
Reaction :
ताजा समाचार
खेलकुद