Media Network

धेरै मुनाफा कमाउने विकास बैंकको सूचीमा मुक्तिनाथ, शाईन र गरिमाको छलाङ, कुनले कति कमाए ?


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । पछिल्लो समयमा विकास बैङ्कहरूले चार महिनामा डेढ अर्ब खुद मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ बढी खुद नाफा कमाएका हुन् । 

चालु आवको कात्तिक मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले कमाएको छ । बैङ्कले चार महिनामा ३१ करोड ६० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले पनि अग्रता लिएको छ छ । बैङ्कले चार महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ । यस्तै, विगत केहि समयदेखि आफुलाई अब्बल सावित गर्दै स्थापित बैंकको सुचीमा गणना गराउन सफल गरिमा विकास बैङ्कले पनि २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । 

 लुम्बिनी विकास बैङ्कले १८ करोड १० लाख, महालक्ष्मी विकासले १७ करोड १५ लाख, कामना सेवाले १७ करोड १० लाख, ज्योति विकासले ११ करोड २० लाख र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद