Media Network

धितोपत्र बोर्डले थप ५ नयाँ कम्पनीलाई दियो ब्रोकर लाइसेन्स (सुचीसहित)


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको छ ।

आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ । लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् ।

यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ । यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले आक्रामक रुपमा कारोबार सुरु गरिसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद