Media Network

उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षमा कसको पल्ला भारी ?


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७९,बुधबार

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आउने साता हुने ५७ औं वार्षिक साधारणसभा हुँदैछ। उक्त साधारणसभाले तीन वर्षपछि नेतृत्वमाआउने वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गर्नेछ।

महासंघको कार्यसमिति ६४ सदस्यीय छ। जसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने तीन उपाध्यक्ष रहनेछन्। सदस्यमध्येबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ भने कार्यकारिणी समितिले विशिष्ट सदस्य मनोनित गर्न सक्ने व्यवस्था रहेको छ।

महासंघको विधानअनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन्। यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट एक र संस्थापक सदस्यमध्येबाट एक सदस्य चयन हुने व्यवस्था छ।

चैत २९ गते हुने कार्यसमिति चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। महासंघ निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको सूची प्रकाशन गरेको छ। वरिष्ठ उपाध्यक्ष एक पदका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद