Media Network

उद्योग वाणिज्य महासङ्घ चुनाव : वस्तुगततर्फको मतगणना सुरु


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७९,बुधबार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिएपनि ढिलागारी मतगणना सुरु भएको हो । 

आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु हुने भनिएपनि उम्मेदवारबीच विभिन्न बिषयमा सहमति नहुँदा मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । 

६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । आज भएको चुनावबाट ५९ जना पदमा ११२ जना चुनावी मैदानमा छन् ।
निर्वाचन प्रमुख लीलामणि पौडेलले जिल्ला नगर र एसोसिएटतर्फको समेत मतगणना सुरु हुने जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद